कोभिड संक्रमण बढेको भन्दै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

माघ ११, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोभिड १९ संक्रमण बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकास बुढाथोकीले नाकामा कोभिड १९ संक्रमितको संख्या बढेको जानकारी दिनुभयो । उहांका अनुसार हिजो मात्र रुपन्देहीको बेलहिया नाकामा ६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । 

यसअघि सुदूरपश्चिमका नाकाहरुमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उहांका अनुसार कोभिडका केसहरु बढ्दो क्रममा छन् । संक्रमितको संख्या बढेसंगै मन्त्रालयले बुलेटिन जारी गर्ने तयारी गरेको प्रवक्ता बुढाथोकीले बताउनुभयो । चिसो बढेसंगै रुघाखोकीले पनि सताउने भएकाले कोभिड संक्रमितको संख्या अझ बढी हुन सक्ने मन्त्रालयको अनुमान छ ।

यसैबीच कोभिड १९ संक्रमण बढेको भन्दै मनत्रालयले सामाजिक दुरी कायम राख्न, मास्क अनिवायर्उ लगाउन र साबुन पानीले हात धुन समेत आग्रह गरेको छ । 


प्रतिक्रिया