प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य, दुई महिनामा ३ वटा विधेयक पारित
वैशाख २, २०८१ | काठमाडौं
संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको जानकारी प्रतिनिधिसभा बैठकमा गराइएको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधानएवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उठाइरहेका बेला सरकारले अधिवेशन अन्त्य गरेको हो ।
विधेयक अधिवेशनको रुपमा लिइएको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी र सत्तापक्षबीचको टकरावले महत्व पाउँदा कानुन निर्माणमा उल्लेख्य काम हुन सकेन ।
दुई महिनाको अवधिमा तीन वटा मात्र विधेयक पारित गरेर हिउँदे अधिवेशन अन्त्य गरिएको हो ।