त्रिविमा हस्तक्षेप नगर्ने संकल्प गर्न दलहरुलाई अपिल

वैशाख ३, २०८१ | काठमाडौं

नागरिक समाजका अगुवाले विश्वविद्यालयमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरुलाई अपिल गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको अगुवाईमा ६७ जना नागरिक अगुवाहरुले संयुक्तरुपमा अपिल जारी गर्दै शैक्षिक र प्राज्ञिक संस्थाहरुको स्वायत्ततालाई अक्षुण राख्न अस्वस्थ र अनावश्यक राजनीतिक हस्तक्षेप नगर्ने संकल्प वा प्रतिवद्दता जनाउन माग गरेका छन् ।

प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई उनीहरुले सोे अपिल बुझाएका छन् । अपिलमा सार्वजनिक विश्वविद्यालय लगायत सबै प्राज्ञिक संस्थाहरुको संस्थागत स्वतन्त्रता एवं स्वायत्तताको प्रत्याभुति सुनिश्चित गर्न माग गरिएको छ ।

उनीहरुले संस्थाको नेतृत्व चयन तथा शिक्षक र कर्मचारीहरुको नियुक्ति र पदोन्नतिमा योग्यता र क्षमता भन्दा पनि राजनीतिक चलखेल र भनुसनको प्रभाव निर्णायक हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  


प्रतिक्रिया