मधेशका मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत

वैशाख ४, २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षी पार्टी जनमत, नेपाली कांग्रेस र लोसपाको बहिस्कारका बीच मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नु भएको हो । 

प्रदेश सभामा उपस्थित ६१ जना प्रदेश सांसदहरुले यादवलाई विश्वासको मत दिए । विपक्षमा शुन्य मत परेको छ । मधेशमा विश्वास प्राप्तका लागि आवश्यक मुख्यमन्त्री यादवलाई ५३ मतको आवश्यक थियो । मुख्यमन्त्री यादवलाई जसपा, एमाले, माओवादी केन्द्र र नेकपा एसका सांसदहरुले विश्वासको मत दिएको हो । 

विपक्षीको अवरोधका बीच सभामुख रामचन्द्र मण्डलले प्रदेश सभा बैठकमा मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रक्रिया अगाडी बढाएपछि विपक्षी दलका सांसदहरुले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए । जनमत पार्टी, नेपाली काग्रेस र लोसपाले प्रदेश सभा बैठक बहिस्कार गरेपनि सभामुख मण्डलले मुख्यमन्त्री यादवले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावलाई अगाडी बढाएको थियो । 


प्रतिक्रिया