राष्ट्रिय परिचयपत्र यही आर्थिक वर्षमा मुलुकभर पुर्याउँछौ : निर्देशक शिवराज जोशी

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 19 July 2019

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक शिवराज जोशीले राष्ट्रिय परिचयपत्र यसै आर्थिक वर्षमा मुलुकभर वितरण गर्नेगरी तयारी अघि बढेको बताउनुभएको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै निर्देशक जोशीले तत्काल १५ जिल्लामा परिचय पत्रको विवरण संकलनको काम सुरु हुने जानकारी दिनुभयो । एउटै परिचय पत्रबाट सम्पूर्ण सरकारी सेवा प्राप्त हुने भएकाले यो महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया