आफन्तको नाममा रहेको सम्पत्तिरोक्का, विक्ति गरेरै पनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्छः गृहमन्त्री लामिछाने

वैशाख १४, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकको नाममा रहेको सम्पत्ति र आफन्तको नाममा रहेको सम्पत्ति रोक्का गरेर विक्री गरी सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने बताउनु भएको छ । सिंहदरबारमा सहकारी पीडितसंगको छलफलका क्रममा गृहमन्त्री लामिछानेले कुनै सहकारी सञ्चालकले आफन्तको नाममा सम्पत्ति राखेर चोखिन नमिल्ने उल्लेख गर्नुभयो ।

लाखौं सहकारी र लघुवित्त पीडित समस्यामा रहेको भन्दै गृहमन्त्री लामिछानेले स साना बचतकर्तालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

बचतकर्ताको बचत रकम फिर्ता नदिनेलाई कारबाही गर्ने पनि बताउनुभयो । समस्या छिटोभन्दा छिटो टुङ्ग्याउन काम सुरु भएको पनि उहांले जानकारी दिनुभयो । गृह मन्त्रालयले सहकारी पीडितको पैसा फिर्ता गर्नको लागि अधिकार सम्पन्न समिति बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ । 


प्रतिक्रिया