पार्टी नेताहरुमाथी आक्रमण गर्नेलाई कारवाही नभए संसद ठप्प पार्ने कंग्रेस सभापति देउवाको चेतावनी

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न जोडदार माग गरेका छन् । विहिबार बाँकेको सीतापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको आक्रमणबाट जिल्ला सभापति किरण कोइरालासहित अन्य केही घाइते भएका थिए । उक्त घटनाका दोषीलाई कारबाही नभए संसद अवरुद्ध गर्ने सभापति देउवाले चेतावनी दिएका हुन् । 

पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरा नागपालिका २ सीतापुरमा विहिबार आयोजित कार्यक्रम नेकपाका कार्यकर्ताले बिथोल्न खोज्दा झडपमा थियो । झडपमा सभापति कोइरालाको हात भाँच्चिएको छ । 

शुक्रबार घोराहीमा विपी कोइरालाको शालिक अनाबरण गर्दै सभापति देउवाले भने, ‘हिजो बाँकेका सभापति किरण कोइराला लगायतमाथि जुन ढंगले आक्रमण भएको छ । यसलाई गम्भीर रुप लिएका छौँ । दोषीमा हदैसम्मको कारबाही नभए यो विषयमा संसद चल्न दिँदैनौँ ।’ उक्त घटनाको विरोध शनिबार विहान देउवासहित उपत्यकाका तीन जिल्ला सभापतिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै माइतिघर मण्डलामा प्रदर्शन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका थिए । सभापति देउवाले दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायमा ल्याई नेकपा कार्यकर्ताको बढ्दो अराजकतालाई रोक्न सरकारलाई आग्रह गरे  । घटनाको सत्य तथ्य बुझ्न सभापति देउवा शनिबार बाँके जाने भएका छन् ।फरक प्रसंगमा सभापति देउवाले पार्टीलाई भावनात्मक रुपमै एक ढिक्का बनाउने गरी जागरण अभियानलाई सदुपयोग गर्न कार्यकतालाई निर्देशन दिए । सरकारलाई खबरदारी र पार्टीभित्र आन्तरिक तथा बाह्य रुपमा एकता भएर अघि बढ्न उनले निर्देशन दिए ।

प्रमुख राष्ट्रिय समाचार

* विदेशी बुहारीलाई दिईने नागरिकतामा दलीय सहमति जुट्न नसकेपछि नागरिकता सम्वन्धी विद्येयक रोकियो/राजनीतिक उच्च नेतृत्वबाटै समाधान खोजिने 

* रिक्त रहेका २ संक्रमणकालिन आयोगमा राजनीतिक नियुक्ती नगर्न दलहरुलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह/सिफारिस समितिको कार्यदेश उल्लंघन भए समितिबाट अलग्गिने चेतावनी

* पार्टी नेताहरुमाथी आक्रमण गर्नेलाई कारवाही नभए संसद ठप्प पार्ने कंग्रेस सभापति देउवाको चेतावनी/सत्तापक्षले जवरजस्त्री गरिरहेको अरोप

* साउदी अरवका ईन्धन उत्पादन गर्ने २ केन्द्रमा ड्रोन आक्रमण भएपछि उत्पादन कटौती/५७ लाख व्यारेल इन्धन कम उत्पादन हुने

 र

* एफसी अण्डर १६ छनोट फुटवलको पहिलो खेलमा नेपाल जोर्डनसंग ७ शुन्यले पराजितरेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया