एसीसी पुरुष प्रिमियर कप क्रिकेटः नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने

वैशाख ५, २०८१ | काठमाडौं

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ । 

नेपालले समूहचरणका चार वटै म्याच जितेको हो । अन्तिम खेलमा नेपालले आज साउदी अरेबियालाई ६ विकेटले पराजित ग¥यो । वर्षाका कारण प्रभावित भएपछि ८ ओभरमा छोट्याइएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो । 

समूह ए बाट नेपालसँगै हङकङ पनि सेमिफाइनलमा पुगेको छ । आज मलेसियालाई पराजित गरेपछि हङकङ सेमिफाइनलमा प्रवेश गरेको हो ।  सेमिफाइनल खेल पर्सी शुक्रबारबाट सुरु हुनेछ ।  


प्रतिक्रिया