प्रिमियर लिगमा एस्टन भिल्ला चेल्सीसँग बराबरीमा रोकियो

तस्बिर : रोयटर्स 

वैशाख १६, २०८१ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा एस्टन भिल्ला चेल्सीसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान भिल्ला पार्कमा शनिबार राति भएको खेलमा एस्टन भिल्ला पाहुना टोली चेल्सीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । 

पहिलो हाफमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा भिल्ला चेल्सीसँग अंक बाँड्न बाध्य भयो । खेलको चौंथो मिनेटमा भिल्लाले मार्क कुकुरेलाले गरेको गोलबाट अग्रता लिएको थियो । 

मोर्गन रोजर्सले ४२ औं मिनेटमा अर्को गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । 

चेल्सीका लागि नोनी माडुकेले ६२ औं र कोनर गालाघर ८१ औं मिनेटमा गोल फर्काए । बराबरीपछि भिल्ला ३५ खेलबाट ६७ अंकसहित तालिकाको चौंथो स्थानमा छ भने चेल्सी ४८ अंकका साथ नवौं स्थानमा छ ।

यस्तै, लिगको अन्य खेलमा वेस्ट ह्याम र लिभरपुलले २–२, फुलहम र क्रिस्टल प्यालेसले १–१ तथा म्यानचेस्टर युनाइटेड र बर्नलीले १–१ गोलको बराबरी खेलेका छन् । 

न्युकासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई ५–१ गोलले पराजित गर्‍यो । यस्तै उल्भ्सले लुटन टाउनलाई २–१ र एभरटनले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो ।


प्रतिक्रिया