एसीसी पुरुष प्रिमियर कपः नेपाल यूएईसँग पराजित, एसिया कपको सपना अधुरै

वैशाख ७, २०८१ | काठमाडौं

एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएइसँग ६ विकेटले ले पराजित भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरात स्टेडियममा युएईले टस जितेपछि सुरुवाती ब्याटिङ गर्दै नेपालले दिएको १ सय २० रनको लक्ष्य यूएइईले १७ दशमलव २ ओभारमा मात्र ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

यूइईको जितमा अलिशान शराफूले ५५ रन तथा विस्नु सुकरमनले २८ रन बनाए । सो क्रममा नेपालका लागि गुलशन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले समान १÷१ विकेट लिए । त्यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सुन्दिप जोराले ५०, गुलशन झाले २० र करण केसीले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । ओपनर कुशल भूर्तेल शुन्य रनमा आउट भए भने आसिफ शेखले ८ रन मात्र बनाए । कप्तान रोहितकुमार पौडेलले ५ रन मात्र बनाए ।

नेपाललाई पराजित गरेसँगै यूएई फाइनल प्रवेश गरेको छ । यो सँगै समूहचरणमा अपराजित रहँदै समेमिफाइनलमा पुगेको नेपालको एसिया कप त्रिक्रेटमा सहभागी हुने अवसर समेत गुमेको छ ।

फाइनल प्रवेशका लागि आजै ओमान र हङकङबीच समेत प्रतिस्पर्धा हुँदैछ । सो खेल अपरान्ह सवा ४ बजेबाट सुरु हुनेछ ।

पराजित नेपालले अब तेस्रो स्थानका लागि ओमान र हङकङबीचको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।  


प्रतिक्रिया