चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

तस्बिर : रोयटर्स 

वैशाख ९, २०८१ | काठमाडौं

चेल्सीलाई पराजित गर्दै साविक विजेता म्यानचेस्टर सिटी एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

लन्डनको वेम्लबी स्टेडियममा शनिबार राति भएको पहिलो सेमिफाइनलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । 

निकै रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल सकिन ६ मिनेट अगाडि सिटीले गोल गर्दै उपाधि यात्रा तय गरेको हो । 

पोर्चुगलका मिडफिल्डर बर्नान्डो सिल्भाले खेलको ८४ औं मिनेटमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो । 

सिल्भाले केभिन डे ब्रुइनको पासमा विजयी गोल गरेका थिए । सिटी १३ औं पल्ट एफए कपको फाइनल खेल्दैछ । गत सिजन सिटीले फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो ।

एफए कप फुटबलको दोस्रो सेमिफाइनलमा आज आइतबार म्यानचेस्टर युनाइटेड र कभेन्ट्री सिटीबीच प्रतिस्पर्धा हुँदैछ । 

वेम्लबी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ । आजको खेलको विजेताले उपाधिका लागि म्यानचेस्टर सिटीको सामना गर्नेछ ।


प्रतिक्रिया