फास्ट ट्य्राक निर्माण समयमै सक्न सरकारलाई संसदीय समितिको निर्देशन

वैशाख ७, २०८१ | काठमाडौं

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई–मधेश द्रुत मार्ग फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले द्रुत मार्गको खोकना क्षेत्रमा देखिएको समस्या समयमै समाधान गरी निर्धारित समयमै आयोजना सम्पन्न गर्न आवश्यक सहयोग र संयोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले गरेको निर्णयबारे जानकारी दिदैँ ‘खोकनाको समस्या तुरुन्तै समाधान गरी द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, र रक्षा मन्त्रालयलाई आवश्यक सहयोग र संयोजनका लागि निर्देशन दिने निर्णय गरेकोसमिति सभापति रामहरि खतिवडाले बताउनुभयो । 


प्रतिक्रिया