अमेरिकामा पनि टिकटक एप प्रतिबन्ध हुने

वैशाख १२, २०८१

अमेरिकामा टिकटक एप प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित भएको छ । अमेरिकी सिनेटले विवादास्पद विधेयकलाई अनुमोदन गरेसँगै टिकटक प्रतिबन्ध गर्ने बाटो खुलेको हो ।

विधेयकमा चिनियाँ लगानीकर्ता बाइटडान्सलाई टिकटकमा रहेको आफ्नो हिस्सा बेच्न वा अमेरिका प्रतिवन्ध खेप्नुपर्ने विकल्प दिने प्रावधान राखिएको छ । त्यसका लागि टिकटक कम्पनीलाई ९ महिनाको समय दिइने भएको छ । कम्पनीले त्यसलाई स्वीकार नगरे अमेरिकामा टिकटक चलाउन निषेध गरिनेछ । 

सिनेटबाट पारित सो विधेयक अनुमोदनका लागि राष्ट्रपति जो बाइडेनसमक्ष पठाइनेछ । चीनियाँ लगानीकर्ता बाइटडान्सले अमेरिकी सरकारको सो कदमबारे तत्काल प्रतिक्रिया दिएको छैन । यसअघि कम्पनीले टिकटक बेच्न बाध्य पार्ने कुनै पनि प्रयासको विरोध गर्ने बताएको थियो । 


प्रतिक्रिया