देशको अर्थतन्त्र सङ्कटमा छैनः प्रधानमन्त्री दाहाल

चैत्र १६, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गर्नुभएको छ ।

हेटौंडामा आज सुरु निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गर्नुभएको हो । प्रधानमन्त्री दाहालले स्रोत सुनिश्चिता नभएका योजना निर्माण व्यवसायीसँगको सहमतिमा अगाडि नबढाउने जिकिर समेत गर्नुभयो ।

निर्माण व्यवसायीमैत्री कानुन निर्माण गरिने र सार्वजनिक खरिद नियमावली संशोधन गरिने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

उहाँले सम्झौता बमोजिमको काममा गुणस्तरीयता कायम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।   


प्रतिक्रिया