नेकपा एसले दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्रीकालागि पेस गर्ने

वैशाख ५, २०८१ | काठमाडौं

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अघि बढाउने औपचारिक निर्णय गरेको छ । 

पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले सोडारीको नेतृत्वमा गठबन्धन दलहरुको समर्थनमा मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने निर्णय गरेको हो । केन्द्रिय सत्ता गठबन्धनमा देखिएको विवाद मत्थर गर्दै दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेका छन् । 

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका ४ सासद छन् । सोडारीले एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ सांसदको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । 

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि भोलि साँझ ५ बजेसम्मको समय दिनु भएको छ ।  


प्रतिक्रिया