प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चलेको भन्दै काँग्रेसको आपत्ति

फाईल फोटो  

वैशाख ७, २०८१ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चलेको भन्दै आपत्ति जनाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार भुलेर केन्द्रीय सत्ता गठबन्धनको इसारामा काम गर्न खोजेको भन्दै आपत्ति जनाउनुभयो ।

गण्डकी प्रदेशमा पनि सरकार र प्रदेश प्रमुखले सर्वोच्च अदालतको आदेशको पालना नगरेर अदालतको अपहेलना गरेको काँग्रेसको ठहर छ ।

पछिल्लो घटनाक्रम अदालतको आदेशविपरीत रहेकाले काँग्रेसद्वारा स्वीकार्य नरहेको प्रवक्ता महतले उल्लेख गर्नुभयो । प्रदेश प्रमुखहरू केन्द्र सरकारको इशारा खनुसार चल्न नहुने उहाँको भनाई छ ।  


प्रतिक्रिया