नेपाल समुहको शीर्ष स्थानमा रहने पक्का

वैशाख ४, २०८१

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा कतारले आज जित हात पारेपछि नेपाल समूह एको विजेता भएको छ । कतारले साउदी अरेबियामाथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहको शीर्ष स्थानमा रहने पक्का भएको हो । 

तीन म्याच जितेर ६ अंकसहित नेपाल पहिलो स्थानमा रहँदा समूह चरणका चार वटै म्याच खेलेको कतार ४ अंकसहित दोस्रो स्थानमा छ । समूहका अन्य तीन टोली साउदी अरेबिया, मलेसिया र हङकङको २÷२ अंक छ ।

यो अवस्थामा कुनै पनि टोलीले ६ अंक बनाउन नसक्ने भएपछि नेपाल समूह विजेता बनेको हो । समूह एबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो रनरेटका आधारमा हुने भएको छ । नेपालले अन्तिम खेलमा साउदी अरेबिया र मलेसियाले हङकङविरुद्ध भोलि प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया