वेस्ट इन्डिज ‘ए’ टोली आइपुग्यो

वैशाख १२, २०८१

काठमाडौंमा हुने टी–ट्वान्टी क्रिकेट सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टोली आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोली घरेलु टोली नेपालसँग ५ म्याचको सिरिज खेल्न आएको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

नेपाल र वेस्ट इन्डिजको टोलीबीच पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी शनिवार हुनेछ । क्यानका अनुसार दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।


प्रतिक्रिया