सन् २०२० भित्रै आणविक निशस्त्रिकरण

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७५ | काठमाडौं

अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रिकरण साढे दुई वर्ष भित्र गर्ने लक्ष्य तय गरेको छ । आणविक निशस्त्रीकरण साढे २ वर्ष भित्र गरिसक्ने गरी उत्तर कोरियासँग सहमति भएको अमेरिकी विदेशमन्त्री माईक पोम्प्योले बताउनुभयो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा भएको भेटपछि पोम्प्यिोले सहमतिका सम्पुर्ण विवरण माथि छलफल भईरहेको बताउनुभएको हो ।

सिंगापुरबाट सिधै दक्षिण कोरिया पुगेका पोम्प्यिोले सन् २०२० को अन्त्यसम्म हुने निशस्त्रिकरण प्रमाणित हुनुपर्ने शर्तमा उत्तर कोरिया सचेत रहेकोमा जोड दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।  

 

 


प्रतिक्रिया