भेनेजुएलाद्वारा ब्राजिलसँगको सीमा क्षेत्र बन्द

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७५

- भेनेजुएलाले ब्राजिलसँगको सीमा क्षेत्र बन्द गरेको छ । अन्तर्राष्ट्रिय सहायता सामाग्री सीमा क्षेत्रमा जम्मा भएपछि सीमा बन्द गर्ने राष्ट्रपति निकोलस मडुरोले घोषणा गर्नुभएको हो । कोलम्बियासँगको सीमा समेत बन्द गर्ने तयारीमा रहेको मडुरोले आफ्ना टेलिभिजन सम्बोधनका क्रममा बताउनुभएको छ ।

मुलुकमा मानवीय संकटको अफवाह फैलाएर अमेरिकाले षड्यन्त्र गरिरहेको मडुरोको भनाई छ । कोलम्बिया सीमा क्षेत्रमा अमेरिकाले पठाएको सहयोग सामाग्री लिन विपक्षी नेता हुवा गुवाईडो नेतृत्वको स्वयंसेवक टोली सिमा क्षेत्रको यात्रामा रहेको बीबीसीले उल्लेख गरेको छ ।

आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुवाईडोले स्वयंसेवकले भारी बोकेरै भएपनि मानविय सहायता सामाग्री मुलुक भित्राउने प्रतिबद्धता जनाउनुभएको छ । मडुरोको पक्षमा रहेको रुसले ३ सय टन सहयोग सामाग्री भेनेजुएला पठाउने घोषणा गरेको छ ।


प्रतिक्रिया