नयाँ तथा अत्याधुनिक हतियार परीक्षण गरिएको उत्तरको दाबी

रेडियो कान्तिपुर संवाददाता

वैशाख ५, २०७६ | बीबीसी

उत्तर कोरियाले नयाँ तथा अत्याधुनिक हतियार परीक्षण गरेको दाबी गरेको छ । सो हतियार शक्तिशाली युद्धका लागि प्रयोग गरिने क्षमताको भएको उत्तर कोरियाली समाचार संस्था केसीएनले जनाएको छ । उत्तर कोरियाली नेता किम जोन उनले हतियार प्ररीक्षणको अवलोकन समेत गरेको बताईएको छ ।

हातहतियार तथा आणविक निशस्त्रिकरणका विषयमा अमेरिकासँगको हालैको वार्तापछि पहिलो पटक उत्तरले हतियार परीक्षण गरिएको बारे सूचना सार्वजनिक गरेको हो । उत्तरले गत बर्ष समेत आणविक निसश्त्रिकरणका लागि अमेरिकासँग प्रतिबद्धता जनाएको थियो ।

यद्यपी सो विषयमा कुनै प्रगति नभएपछि दुई मुलुकबीचको सम्बन्धमा सुधार हुन सकेको छैन । उत्तरको पछिल्लो कदम अमेरिकालाई दवाब दिने कदमका रुपमा विज्ञहरुकले विश्लेषण गरेका छन् ।

गत साता मात्रै उत्तर कोरियाली नेता किमले अमेरिकाले आफ्नो नियत सुधार गरे मात्र थप वार्ताका लागि तयारी हुने वातावरण बन्ने बताउनुभएको थियो ।  


प्रतिक्रिया