चीनद्वारा अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि आवेदन खुला

जेष्ठ २२, २०७७ | काठमाडौं

चीनले विदेशी ९५ वटा एयरलाइन्सलाई उडान अनुमतिका लागि आवेदन खुलाएको छ । चीनको उड्डयन प्राधिकरणले ९५ वटा विदेशी एयरलाइन्सलाई उडान भर्नका लागि आवेदन खुलाएको अलजजिराले जनाएको छ । 

विश्वमा कोरोना भाइरसको महामारी पश्चात चीनले अन्तर्राष्ट्रिय हवाई सेवामा व्यापक कटौती गरेको थियो । 

आगामी सोमबार देखि १ सय ५० वटा उडान साप्ताहिक रुपमा सञ्चालन गर्ने योजना अनुरुप सो निर्णय भएको हो । जसबाट दैनिक ३ हजार देखि ४ हजार ७ सय यात्रुले सेवा पाउने जनाइएको छ । 

कोरोना भाइरस संक्रमण अघि चीनमा दैनिक करीब १३ हजार अन्तर्राष्ट्रिय उडान हुने गरेको थियो ।  


प्रतिक्रिया