दक्षिण अफ्रिकामा मदिराजन्य पदार्थमा प्रतिबन्ध

रेडियो कान्तिपुर संवाददाता

असार २९, २०७७ | एजेन्सी

दक्षिण अफ्रिकाले कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर मदिराजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई सहयोग गर्न मदिरा प्रतिबन्ध लगाएको राष्ट्रपति सिरिल रामाफोसाले बताउनुभएको छ । रातको समयमा कफ्र्यु र घर बाहिर मास्क लगाउनु अनिवार्य गरिएको छ । 

दक्षिण अफ्रिकामा २ लाख ७६ हजार २ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । दक्षिण अफ्रिका सरकारले सन् २०२० को अन्त्य सम्ममा संक्रमणका कारण ५० हजारको मृत्यु हुने प्रक्षेपण गरेका कारण पनि नियन्त्रणको आक्रामक उपाय अपनाउनुपर्ने जनाएको छ ।  


प्रतिक्रिया