गुगलले भारतमा १० अर्ब डलर लगानी गर्ने

रेडियो कान्तिपुर संवाददाता

असार ३०, २०७७ | एजेन्सी

प्रविधि कम्पनी गुगलले भारतमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । गुगलको मातृ संस्था अल्फावेट इन्कले आगामी ५ देखी ७ बर्षको अवधिमा सो रकम खर्च गर्ने जनाएको छ । 

गुगलको भारतमा हुने बार्षिक कार्यक्रममा बोल्दै प्रमुख सुन्दर पिचाईले साना ब्यवसायीलाई डिजिटल सेवाका लागी प्रोत्साहन गर्ने बताउनुभएको छ । गुगलका लागी भारत निकै ठुलो डिजिटल बजार हो । उदीयमान मानिने डिजिटल बजार भारतमा ५० करोड इन्टरनेट प्रयोगकर्ता छन् । 

भारत सरकारको डिजिटल इण्डिया फण्ड मार्फत सो रकम खर्च गरिनेछ । गुगलका एण्ड्रोइड फोन, सर्च इन्जिन र युट्युबका लागी भारत एक विशाल बजार हो ।   


प्रतिक्रिया