फुटपाथमा सुतेका मजदुरमाथि ट्रक गुड्दा १३ जनाको मृत्यु

माघ ६, २०७७ | काठमाडौं

भारत गुजरातको सुरत सहरमा सडक छेउमा सुतेका ब्यक्तिलाई सवारीको साधनले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । 

फुटपाथमा सुतेका १८ जनालाई ट्रकले कुल्चिएको हो । ती मध्ये १३ जनाको मृत्यु भयो भने ५ जना घाइते भएका छन् । उनीहरु सबै मजदुर हुन् । 

सबै राजस्थानका बासिन्दा रहेको अधिकारीहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । तिव्रगतिमा रहेको ट्रकले ओभरटेक गर्ने क्रममा उखु बोकेको ट्रयाक्टरलाई ठक्कर दिएर फुटपाथमा पुगेको थियो । 


प्रतिक्रिया