आप्रवासी नीतिमा परिमार्जन गर्न अमेरिकालाई मेक्सिकोको अनुरोध

माघ ६, २०७७ | काठमाडौं

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आप्रवासी नीतिमा परिमार्जन गर्न अमेरिकालाई अनुरोध गर्नुभएको छ । छिमेकी देश ग्वाटेमालामा मध्य अमेरिकी देशका हजारौँ आप्रवासीलाई प्रहरीले रोकेका बेला लोपेजले अमेरिकासँग सो अनुरोध गर्नुभएको हो । आप्रवासी मध्ये अधिकांश होण्डुरसका छन् । उनीहरु मेक्सिको हुँदै अमेरिकाको सीमासम्म पुग्ने लक्ष्यमा छन् । 

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले मेक्सिको लगायतका अन्य मुलुकसँग आप्रवासी समस्या समाधानका विषयमा सहकार्य गर्नेमा आशावादी रहेको लोपेजको भनाई छ । हरेक वर्ष मध्य अमेरिकी देशबाट दशौँ हजार आप्रवासी पैदल यात्रा गरेर अमेरिका प्रवेशको प्रयास गर्छन् । यसअघि आप्रवासनका ट्रम्प प्रशासनले कडा नीति लिएपनि भोलि सत्ता समाल्न लाग्नुभएका जो बाइडेनले आप्रवासी नीतिमा यसअघि व्यक्त गरेको परिमार्जनको प्रतिवद्धता पूरा गर्नेमा आशावादी रहेको राष्ट्रपति लोपेजले बतााउनुभएको बीबीसीले उल्लेख गरेको छ ।  


प्रतिक्रिया