ट्रम्पद्वारा कार्यकाल अन्त्यको पूर्वसन्धामा ७३ जनालाई आममाफी

माघ ७, २०७७ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल अन्त्यको पूर्वसन्धामा ७३ जनालाई आममाफी दिनुभएको छ । जाँदाजाँदै ट्रम्पले आफ्ना पूर्व सल्लाहकार स्टिभ ब्याननसहित ७३ जनालाई आममाफी दिनुभएको हो । ट्रम्पले अन्य ७० जनाको जेल सजायको अवधि पनि मिनाह गरेको ह्वाइट हाउसद्वारा जारी वक्तव्यलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सन् २०१६ मा राष्ट्रपतीय निर्वाचनका समय ट्रम्पका मुख्य सल्लाकारमध्येका एक भएपनि पछिल्लो समय मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संकलन गरेको रकम हिनामिना गरेको अभियोगमा ब्याननसहित अन्य ३ जनालाई कारबाही गरिएको थियो । ब्याननमाथि १० लाख डलर भन्दा बढी हिनामिना गरेको आरोप थियो । यद्यपी ब्याननले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका थिए । 


प्रतिक्रिया