भारतीय किसान र सरकारबीचको १० औँ चरणको वार्ता पनि असफल

माघ ७, २०७७ | काठमाडौं

कृषि कानून फिर्ता गर्नुपर्ने मागसहित विगत चार महिनादेखि आन्दोलनमा रहेका भारतीय किसान र सरकारबीचको १० औँ चरणको वार्ता पनि असफल भएको छ । केन्द्र सरकारले आन्दोलनरत किसान समक्ष विवादास्पद तीन कृषि कानून फिर्ता नलिने तर मध्यमार्गी विकल्प तय नभएसम्मका लागि अस्थायी रोक लगाउने प्रस्ताव अघि सारेको थियो ।

 तर किसानले सरकारको सो प्रस्ताव ठाडै अस्वीकार गरेका हुन् । किसानहरुले कानून फिर्ता गर्नै पर्ने अडान राखेपछि आजको वार्तामा पनि कुनै प्रगति हुन नसकेको हो ।

आजको वार्तामा ४० किसान नेता सहभागी थिए । विभिन्न राज्यमा आन्दोलित किसान विगत डेढ महिनादेखि राजधानी दिल्लीको सीमा क्षेत्रमा धर्नामा छन् । यसअघि किसान नेता र सरकारबिच जनवरी १५ मा नवौँ चरणको वार्ता भएको थियो । 


प्रतिक्रिया