अफगानिस्तानमा सन् २०२३ मा ३० लाख बालबालिका कुपोषणको शिकार हुँदै

माघ १४, २०७९

अफगानिस्तानमा सन् २०२३ मा ३० लाख बालबालिका कुपोषणको शिकार बन्ने विश्व खाद्य कार्यक्रम डब्लुएफपीले चेतावनी दिएको छ । कमजोर अर्थतन्त्र र अस्थिर राजनीतिका कारण ३० लाख बालबालिका कुपोषणको शिकार बन्न लागेको डव्लुएफपीले प्रक्षेपण गरेको हो । ३० लाख मध्ये ८ लाख ७५ हजार बालबालिका गम्भिर कुपोषणको शिकार बन्ने विश्व खाद्य कार्यक्रमको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था ए.एन.आइले जनाएको छ ।

यस्तै ८ लाख ४० हजार महिला सिन कुपोषणको शिकार बन्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो दुई हप्तामा मात्र अफगानिस्तानमा १० लाख ४० हजार अफगानि नागरिक कुपोषणको शिकार बनेको अफगानिस्ता सरकारका प्रवक्ताको भनाइ उद्धृद गर्दै समाचार संस्था ए.एन.आइले जनाएको छ ।

अफगानिस्ताका नागरिक गम्भिर मानवीय संकटसँग समेत जुधिरहेका छन् । अफगानस्थानमा २ करोड नागरिक आपतकालिन खाद्य असुरक्षाको जोखिममा रहेको छन् । सन् २०२१ को अगष्ट महिनामा तालिवान सरकार सत्तामा आएसँगै अफगानिस्तानमा राजनीतिक तथा आर्थिक संकट चुलिँदै गएको छ ।


प्रतिक्रिया