विश्व विद्यालयको प्रवेश परिक्षामा महिलालाई रोक

माघ १५, २०७९

अफगानीस्तानको तालिवान सरकारले महिलाहरुलाई विश्व विद्यालयको प्रवेश परिक्षामा सहभागिता जनाउन पनि रोक लगाउने निर्णय गरेको छ । आगामी फेब्रुअरी महिनाका लागि तय भएको विश्वविद्यालय प्रवेश परिक्षामा सहभागी हुन नदिन सरकारले विश्वविद्यालयमा सूचना नै पठाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अर्को सूचना सार्वजनिक नभएसम्म आगामी महिना हुने विश्वविद्यालय अध्ययन प्रवेश परिक्षामा सहभागी नगराउने अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले बताएको छ । तालिवान सरकारले यसअघि महिलालाई गैर सरकारी क्षेत्रमा काम गर्न समेत रोक लगाएको थियो । 

तालिवान सरकारले सन् २०२१ अगष्ट १५ मा महिलालाई माध्यमिक शिक्षा अध्ययनमा पनि रोक लगाएको थियो । यस्तै अफगानिस्तानमा महिलालाई सार्वजनिक स्थलमा हिँडडुल, जिम लगायत क्षेत्रमा जान पनि प्रतिवन्ध छ ।


प्रतिक्रिया