युद्धविरामको तेस्रो दिनसम्म बन्धक बनाइएका २६ इजरायली रिहा

मंसिर १०, २०८० | काठमाडौं

युद्धविरामको तेस्रो दिन आजसम्म प्यालेष्टाइनको विद्रोही समूह हमासले २६ इजरायली बन्धकहरुलाई रिहा गरेको छ ।

इजरायल र हमासबीच भएको सम्झौता अनुसार हमासले सो संख्यामा इजरायली रिहा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै इजरायली जेलमा रहेका ७८ प्यालेष्टाइनी बन्दी रिहा भएका छन् ।

यसैबीच, हमास र इजिप्ट सरकार बीच भएको सम्झौता अनुसार १४ जना थाई बन्धक र एक जना फिलिपिनोलाई पनि रिहा गरिएको बीबीसीले जनाएको छ ।

गाजापट्टीले इन्धन, खाद्यान्न र औषधिको अत्यावश्यक आपूर्तिका लागि युद्धविराम गरेको हो । गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सय जनाको मृत्यु भएको थियो भने २ सय ४० जनालाई बन्धक बनाएको थियो ।

त्यसपछि गाजाको प्रतिशोध अभियानमा १४ हजार बढीको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया