सन् २०२३ अहिलेसम्मकै गर्मी वर्ष

मंसिर १४, २०८० | काठमाडौं

सन् २०२३ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने भन्दै संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस्ले दुबईमा सुरु कोप २८ जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै सो चेतावनी दिनु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जलवायु परिवर्तनका कारक तत्व पहिचान गरी सोही अनुसारकार्य गर्न उहाँले विश्व नेतालाई आग्रह समेत गर्नुभयो । आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स दुबई विश्वको शीर्ष तेल उत्पादक राष्ट्र मध्ये एक हो । दुबईका उद्योग मन्त्री सुल्तान अल–जाबेरले उद्घाटन सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका विषयमा यसअघि भएका बाचाहरु पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहांले विकासशील देशहरूलाई जलवायु परिवर्तनको सामना गर्न मद्दत गर्न कोषको लागि १३ खर्ब बढी रकम सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । सम्मेलनमा विश्वका सबैभन्दा ठूला उत्सर्जन गर्ने राष्ट्र अमेरिका र चीनका राष्ट्रपति भने सहभागि छैनन् ।  


प्रतिक्रिया