फिलिपिन्समा गर्मी बढेपछि विद्यालय बन्द

चैत्र २०, २०८० | काठमाडौं

गर्मी बढ्न थालेपछि फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालय बन्द गरिएका छन् । 

तापक्रम बढेर असाधारण रुपमा गर्मी हुन थालेपछि त्यहाँका विद्यालयहरु बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

मनिलाको महानगरमा आज तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको बताइएको छ । त्यहाँको सरकारले शहरको सबैभन्दा धेरै जनसङ्ख्या भएको क्युजोनका प्राथमिक र माध्यमिक विद्यालयहरू बन्द गर्न आदेश दिएको छ भने अन्य क्षेत्रका विद्यालयलाई स्थानीय अधिकारीहरूले अनलाइन कक्षा सञ्चालन गर्न विकल्प दिएका छन् । 

तापक्रम ४२ देखि ५१ डिग्री सेल्सियस पुगेमा लु लाग्ने, मांशपेशी दुख्ने र शारीरिक थकान हुन सक्ने विज्ञहरुले बताएका छन् ।  


प्रतिक्रिया