इजरायलबाट पछि नहट्ने इरानी सर्वोच्च नेता खामेनीको दाबी

आश्विन १८, २०८१ | काठमाडौं

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरान र यसका क्षेत्रीय सहयोगीहरू इजरायलबाट पछि नहट्ने बताउनु भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी आक्रमण बढाएपछि खामेनीले पछि नहट्ने बताउनुभएको हो । इरानले पनि गत मंगलबार इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको थियो । सो प्रहारमा हिजबुल्लाह महासचिव हसन नसरल्लाहको इजरायलले हत्या गरेको थियो ।

यसैबीच इरानका सर्वोच्च नेता खामेनीले इजरायलमाथिको आक्रमणलाई कानुनी र वैधानिक भएको दाबी गर्नुभएको छ । खामेनीले तेहरानमा आयोजित प्रार्थनाको नेतृत्व गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इजरायलमाथि हेजबुल्लाहको हमलाको बचाउ गर्नुभएको बीबीसीले जनाएको छ । सम्बोधनमा नेता खामेनीले प्यालेस्टाइन, लेबनान र अन्य मुस्लिम राष्ट्रहरूको शत्रु इरानको पनि शत्रु भएको दाबी गर्नुभयो । इजरायलले करिब दुई सातादेखि लेबनानमा हेजबुल्लाहलाई लक्षित गर्दै कारबाही जारी राखेको छ । 


प्रतिक्रिया