गाजा क्षेत्रमा तीन जना बन्धकको शव फेला

असार ९, २०८२ | काठमाडौं
इजरायली सेनाले गाजा क्षेत्रमा तीन जना बन्धकको शव फेला पारेको छ ।
लडाकु समूह हमासले अपहरण गरेको २० महिना बढी समयपछि गाजा क्षेत्रमा आइतबार तीन जना बन्धकको शव फेला परेको इजरायली सेनाले जनाएको छ । गाजापट्टीबाट एउटा विशेष अपरेसनमा बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव फेला परेको सेनाले जनाएको हो ।
इजरायली रक्षा बलले यस महिना गाजा क्षेत्रबाट आठ बन्धकको शव बरामद गरेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अपहरणमा परेकालाई फिर्ता गर्ने अभियान निरन्तर जारी रहेको बताउनुभएको छ । इरानविरुद्धको अभियानसँगै बन्धलाई फिर्ता गर्ने काम पनि समानान्तर रुपमा भइरहेको उहाँको भनाइ छ ।