दक्षिणी सिरियामा ५ सय ९४ जना मारिए

श्रावण २, २०८२
दक्षिणी सिरियामा हालै भएको हिंसामा ५ सय ९४ जना मारिएको एक अध्ययनले देखाएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी अफ ह्युमन राइट्सले सुवेइदा प्रान्तमा भएको हत्या घटनामा सो संख्यामा हताहती भएको जनाएको छ । साम्प्रदायिक दंगा भड्किदा ड्रुज धार्मिक अल्पसंख्यकका तीन सय सदस्यहरू मारिएको अध्ययनमा उल्लेख छ ।
जसमा १ सय ४६ लडाकुहरू र १ सय ५४ नागरिक रहेको पनि जनाइएको छ । बेदुइन र ड्रुज समुदायहरू बीचको विवाद चुलिएको छ । इजरायली हवाई हमलामा थप १५ जना सरकारी कर्मचारी मारिएको बताइएको छ ।
यद्यपि, सुरक्षा स्रोतहरूले मृत्यु हुनेको संख्या ३ सय रहेको बताएका छन् । अर्को अनुगमन समूह, सिरियन नेटवर्क फर ह्युमन राइट्सले कम्तिमा १ सय ६९ नागरिकको मृत्युको अभिलेख राखेको बताएको छ । एक टेलिभिजन वक्तव्यमा सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले इजरायलको आक्रमणले आफ्नो देशलाई अस्थिर बनाउने बनाएको आरोप लगाउनु भएको छ ।