इरानमा इन्टरनेट बन्द गरिएपछि डिजिटल क्षेत्रमा व्यापक असर
माघ ४, २०८२ | काठमाडौं
इरानमा भएको इन्टरनेट सेवा बन्दले डिजिटल डिजिटल क्षेत्रमा व्यापक असर परेको छ । इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै जाँदा करिब ९ करोड २० लाख नागरिक इन्टरनेट सेवाबाट पूर्ण रुपमा वञ्चित भएको बीबीसीले जनाएको छ ।
यस्तै, फोन र एसएमएस सेवाबाट समेत आंशिक रुपमा प्रभावित भएको समाचारमा उल्लेख छ । त्यहाँको सरकारले अन्तर्राष्ट्रिय इन्टरनेट सञ्जालबाट इरानलाई अलग गर्ने नयाँ नियमहरु तीव्र रुपमा लागू गरिरहेको इन्टरनेट स्वतन्त्रतामाथि निगरानी गर्ने संस्था फिल्टरवाचले जनाएको छ ।
इरानी सरकारले ८ जनवरीदेखि इन्टरनेट सेवा पुर्ण रुपमा बन्द गरेको हो । विरोध प्रदर्शनलाई नियन्त्रण गर्न र अन्तर्राष्ट्रिय निगरानीबाट बच्नका लागि सरकारले इन्टरनेट सेवा बन्द गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।








