राँके बजारमा सबै पालिकाका कर्मचारी खटाइने

कार्तिक १७, २०७७ | पाँचथर

पाँचथरको प्रवेशद्वारका रुपमा रहेको राँकेबजार भएर भित्रने यात्रुको जाँचमा कडाइ गरिने भएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसंगै जिल्ला प्रशासन कार्यालय पाँचथरमा आज बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रने नागरिकको तथ्यांक अध्यावधिक गर्न प्रत्येक पालिकालाई २–२ जना कर्मचारी खटाउन पत्राचार गरेको छ ।

 बैठकले मेची राजमार्ग भएर छिमेकी जिल्ला इलाम, झापा, मोरङ र सुनसरी हुँदै भारतका विभिन्न स्थानबाट आउने नागरिकको विवरण लिएर सम्वन्धित पालिकाले कोरोना परिक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको प्रमूख जिल्ला अधिकारी अर्जुनकुमार सर्मा गुरागाँईले बताउनुभयो । नाकामा कडाइ नगर्दा संक्रमितहरु सोझै बाहिरबाट आएर समुदायमा पुग्ने र त्यसबाट थप जोखिम बढ्ने भन्दै समितिले यस्तो निर्णय गरेको हो ।


प्रतिक्रिया