पाँचथरका २७ मतदानस्थल अति संवेदनशील

चैत्र १३, २०७८ | पाँचथर

जिल्ला सुरक्षा समिति पाँचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणबाट मतदान केन्द्रहरुको वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा वसेको सुरक्षा समितिको बैठकले १ सय १ मतदान स्थल रहेको जिल्लाका २७ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ६५ वटालाई संवेदनशील र ९ वटालाई सामान्यमा वर्गीकरण गर्दै सोही अनुसारको सुरक्षा योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याएको हो । 

वर्गीकरण गरिएका मध्ये फिदिम नगरपालिकाका ९, फालेलुङ गॉउपालिकाका ११, तुम्बेवाको १, फाल्गुनन्दका ३ वटा र मिक्लाजुङका ३ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानले जानकारी दिनुभयो । 

प्रजिअ न्यौपानेका अनुसार फिदिम नगरपालिकाका ५, याङवरक गॉउपालिकाका ९, हिलिहाङका ११, कुम्मायकका १०, तुम्बेवाका ८, फाल्गुनन्दका १२ र मिक्लाजुङका १० वटा मतदान केन्द्रलाइ संवेदनशील सूचीमा राखिएको छ । 

यस्तै, फिदिम नगरपालिकाका ८ र याङवरक गॉउपालिकाको १ गरी ९ वटा मतदान केन्द्र सामान्यको सूचीमा परेका छन् । भौगोलिक विकटता, मतदाता, मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहु‘च सहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । 

अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउन माथिल्लो निकायमा सिफारिस गरिएको छ । अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीस‘गै कर्मचारी व्यवस्थापनलाई विदेश ध्यान दिईने प्रजिअ न्यौपानेले बताउनुभयो । 


प्रतिक्रिया