काठमाण्डौंको अनुमानित बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार

असार १०, २०७९

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागी २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानीत बजेट सार्वजनिक गरेको छ । काठमाडौं महागरपालिकाले यस्तै पुर्वाधार क्षेत्र विकासका लागी कुल ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

त्यस्तै, महानगरपालिकाले आफू मातहतका कार्यालयको सेवा सञ्चालनका लागि कुल बजेटबाट ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैया आम्दानी हुने अनुमान गरेको छ । 


प्रतिक्रिया