नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

कार्तिक २६, २०८० | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तीमा जिप दुर्घटना हुँदा ६ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवबहादुर पौडेलले जानकारी दिनुभयो । 

मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेका छन् । बौदिकाली गाउँपालिकाको माझ–डाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जिपको ब्रेक फेल भएर दुर्घटना भएको हो । दलदले बजारबाट उत्तर एस मोडमा घुमाउँदा ब्रेल नलागेर जिप घरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया