नवलपरासीमा हजुरबुबा र नाति मृत फेला, हत्याको आशंका

फाल्गुन १, २०८० | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको सुस्तामा एकै परिवारका दुई जना मृत फेला परेका छन् । सुस्ता गाउँपालिका–३ मर्चहवामा ६५ वर्षीय यक्षलाल चमार र ११ वर्षीय गौचरण चमार मंलबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । 

चमारद्वय हजुरबुबा र नाति हुन् । गण्डक ब्यारेज नारायणी नदीको ५ नम्बर ठोकर नजिकै बसोबास गर्ने उनीहरुको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक डीएसपी रेशम बोहोराले बताउनुभयो । 

मंलबार बिहान स्थानीयले नाति र हजुरबुबा दुबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटना स्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान गरिरहेको छ । 

डीएसपी बोहराका अनुसार वृद्धको घाँटीमा चोट लागेको छ । बालकको घाँटी र पेटमा पनि चोट लागेको छ । 

यक्षलालका छोरा कामको सिलसिलामा भारत गएको र बुहारी पनि भारतमा रहेको माइतीमा गएको बेला उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया