दाउन्नेमा एकतर्फी यातायात खुल्यो, थुम्सीमा अझै अवरुद्ध

जेष्ठ १५, २०८१ | पूर्वी नवलपरासी

पहिरोले अवरुद्ध भएको पूर्वी नवलपरासीको दाउन्ने सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । प्रहरीका अनुसार दाउन्नेमा निर्माणाधीन सडकको डाइभर्सन बगाउँदा आज बिहान ३ बजेदेखि यातायत सेवा अवरुद्ध भएको थियो । 

अहिले पहिरो पन्छ्याएर सडक एकतर्फी रुपमा सञ्चालन गरिएको कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय जनाएको छ । गएरातिको वर्षाले गैंडाकोटको थुम्सीमा पहिरो गएर अवरुद्ध सडक भने अझै अझै खुल्न सकेको छैन । 

महेन्द्रराजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम हिँडेका गाडीहरु बिहान ३ बजेदेखि थुम्सीमा रोकिएका छन् । अहिले डोजर प्रयोग गरी सडकमा खसेको पहिरो हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । 

महेन्द्रराजमार्ग फराकिलो पार्ने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले राजमार्ग भत्काएर छोडेको वर्षौ भइसक्दा पनि काम सम्पन्न भएको छैन । वर्षाका बेला सधैं सो सडक अवरुद्ध हुने गरेको छ । 


प्रतिक्रिया