रास्वपा महामन्त्री ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक

असार २०, २०८१ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निलम्बित हुनुअघि महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।

ढकालले प्रतिवेदनमा पार्टीको संगठन, सभापति रवि लामिछानेको कार्यशैली लगायत विषय उठाउनुभएको छ । सो क्रममा ढकालले पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको टिप्पणी समेत गर्नुभएको छ ।

३८ जिल्लाको समीक्षा यात्राको प्रतिवेदनमा ढकालले नेताहरु पार्टीको काममा भन्दा पनि एनजीओ ÷आईएनजीओका कार्यक्रममा बढि देखिने गरेको उल्लेख गर्नुभएको छ ।

ढकालले सो प्रतिवेदन केही दिनअघि सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो । त्यसपछि विवाद चर्किदै जाँदा रास्वपाले ढकाललाई महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ ।


प्रतिक्रिया