प्रधानमन्त्रीको अस्थिर चरित्रले नयाँ सत्ता समीकरण बन्योः गगन थापा

असार २०, २०८१ | काठमाडौं

काँग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिर चरित्रका कारण काँग्रेस र एमालेबीच सत्ता समीकरण बनेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिलेको परिस्थितिको सम्पूर्ण कारण प्रधानमन्त्री दाहालको अस्थिरता भएको टिप्पणी गर्नुभयो ।

विगतमा पनि काँग्रेस र एमाले मिलेर मुलुकलाई निकास दिएको महामन्त्री थापाको भनाइ छ ।

प्रधानमन्त्री दाहाल अल्पमतमा परिसकेको अवस्थामा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाई थियो ।

प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि मात्र काँग्रेस कसको नेतृत्वमा जाने विषय टुङ्गो लाग्ने थापाले बताउनुभयो । 


प्रतिक्रिया