धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

असार २०, २०८१ | काठमाडौं

धनुषाको धनौजीस्थित पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका–५ बअुहर्वाकी अजमेरी खातुन, जिनत खातुन र मुस्कान खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले बताउनुभयो । उनीहरु १० देखि १२ वर्ष उमेर समूहको भएको प्रहरीले जनाएको छ ।

पोखरीमा बालिकाहरु डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा उनीहरुको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

यसैबीच, मुगुस्थित पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिकाका अन्दाजी २१ वर्षीय शिशिर रावल तालको पूर्वी क्षेत्रमा मृत भेटिएको भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार साथीसित तालमा पौडी खेल्ने क्रममा रावलको डुबेर मृत्यु भएको हो ।  


प्रतिक्रिया