बेपत्ता शव खोज्न आजबाट सेना परिचालन

श्रावण १, २०८१
५ दिनअघिदेखि चितवनको सिमलतालवाट बेपत्ता भएका शब खोज्न आजबाट सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नारायणी नदीमा बगेका शब खोज्न मोटरबोट सहित सेना परिचालन गरिएको जानकारी दिनुभयो । कावासोतीमा रहेको वन तथा पर्यावरण निर्देशनालय अन्तरगतको सेनाको कमान्डमा चितवन निकुन्ज र यहाको अमलटारीमा रहेको सेनालाई प्राविधिक जनशक्ति सहित परिचालन गरिएको उहाँले बताउनुभयो ।
वस्ती नभएको स्थानमा स्थानियको निगरानी हुननसक्ने भएकाले त्यस्ता क्षेत्रमा सैनिक टोलि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । चितवन तर्फपनि त्यसरी नै सेना खटाइएको छ । यसअघि सेनाले प्रहरीलाई सघाउदै आएको थियो ।
सेनाको प्राविधिक जनशक्ति सहित आजवाट २ वटा मोटरवोटमा सेना तैनाथ गरिएको हो । मोटरवोट र पैदल समेत सैनिक टोलिले काम गर्ने गरी भन्दै प्रजिअ पोखरेलले भारतिय समकक्षिसंग पनि शव खोज्न सघाउन समन्वय भैरहेको पनि बताउनुभयो ।