चितवनमा समावेशी र दिगो विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

मंसिर १, २०८१ | चितवन

समावेशी र दिगो विकासका लागि रुपान्तरणका विषयमा आजदेखि चितवनको सौराहामा दुई दिने अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।

नारायणगढको बालकुमारी कलेजले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै अर्थशास्त्री प्राध्यापक डाक्टर पुष्कर बज्रचार्यले एआई र उच्चतम प्रविधिले फड्को मारेको अहिलेको विश्वमा विकासलाई दिगो बनाउन समावेशी अवधारणा अटाउनुपर्ने बताउनुभयो ।

प्रविधिलाई समावेशी र दिगो विकासको आधार बनाउने विषयमा राष्ट्रिय÷अन्तराष्ट्रिय विज्ञका सुझावका आधारमा निचोडमा पुग्न समेत सम्मेलन आयोजना गरिएको आयोजक समितिका संयोजक डा.गुणराज क्षेत्रीले बताउनुभयो ।

सम्मेलनमा ५० भन्दा बढी कार्यपत्रहरु पेश हुने भएका छन् । सम्मेलनमा चीन, थाइल्याण्ड, भारत, अष्ट्रेलिया, बंगलादेश, क्यानडा लगायतका देशका विज्ञहरु सहभागी छन् ।  


प्रतिक्रिया