रुस–युक्रेन युद्धमा मारिने रुसी सैनिकको संख्या ५० हजार पुग्यो

वैशाख ५, २०८१ | काठमाडौं

रुस–युक्रेन युद्धमा मारिने रुसी सैनिकको संख्या ५० हजार नाघेको तथ्याङ्क सार्वजनिक भएको छ ।

पहिलो वर्षको तुलनामा दोस्रो वर्ष अग्रपक्तिमा खटिने २५ प्रतिशत बढी सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसी रुसी, स्वतन्त्र मिडिया समूह मिडिया जोना र स्वयंसेवकहरुले सन् २०२२ को फेब्रुअरीदेखि मृतकको संख्या गणना गरिरहेका छन् ।

युद्धको दोस्रो वर्षमा २७ हजार ३ सयभन्दा बढी रुसी सैनिकको मृत्यु भएको रिपोर्टको निष्कर्ष छ । यसैबीच, रुसले युक्रेनको उत्तरी क्षेत्र चिरनिभमा गरेको मिसाइल आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।

युक्रेनको उत्तरी सहरमा रुसले गरेको आक्रमणमा सो घटना भएको हो । आक्रमणमा ६० जना घाइते भएको युक्रेनको आन्तरिक मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । क्रिमियामा रहेको सैन्य हवाई अड्डामा युक्रेनले गरेको आक्रमणको जवाफी कारबाही स्वरुप रुसले मिसाइल आक्रमण गरेको हो । 


प्रतिक्रिया