टिकटक एप बिक्री गर्ने योजना छैनः बाइटडान्स

वैशाख १४, २०८१ | काठमाडौं

टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटक एप बिक्री गर्ने कुनै मनसाय नभएको बताएको छ ।

अमेरिकाको सिनेटमा हालै टिकटक एप प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित भएपछि बाइटडान्सको यस्तो प्रतिक्रिया आएको हो ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म टौटिआनोमा बाइटडान्सको टिकटक बेच्ने कुनै योजना नभएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

यसअघि कम्पनीले टिकटक बेच्न बाध्य पार्ने कुनै पनि प्रयासको विरोध गर्ने बताएको थियो । सो विधेयकमा चिनियाँ लगानीकर्ता बाइटडान्सलाई टिकटकमा रहेको आफ्नो हिस्सा बेच्न वा अमेरिका प्रतिवन्ध खेप्नुपर्ने प्रावधान उल्लेख छ ।


प्रतिक्रिया